संगालोखबर संवाददाता

धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियानमा रहेका एमाले उम्मेदवारहरुलाई आज धनकुटाको महालक्ष्मी नगरपालिकामा बाल क्लवको तर्फबाट सम्मान गरिएको छ ।

महालक्ष्मी नगरपालिका–१ पिपलडाँडा स्थित एकता बाल क्लवले एमाले उम्मेदवारहरुलाई सम्मान गर्दै बिजयको शुभकामना दिएको हो ।

Advertisement

सो अवसरमा एमालेका तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी लगायत उम्मेदवारहरुलाई सम्मान गरिएको हो ।

बाल क्लवका उपाध्यक्ष अनिशा खड्का लगायतले उम्मेदवारलाई माला, अबिर लगाएर सम्मान गर्दै बिजयको शुभकामना दिएका थिए ।

यसैवीच एमालेले आज महालक्ष्मी नगरपालिका–१ स्थित कटहरे, पिपलडाँडा पारिखाप्राङ्ग लगायत स्थानमा घरदैलो अभियान र चुनावी सभा गरेको अभियानमा सहभागि सुनिल सुवेदीले जानकारी दिएका छन ।

तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement