संगालोखबर सम्वाददाता

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३६ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

Advertisement

अविश्वासको प्रस्तावको प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् भने सांसद लक्ष्मण तिवारी समर्थक छन् ।

प्रदेश १ मा रहेका ९३ सांसद मध्ये नेकपाका ६७ सांसद छन् । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहमा ४० भन्दा बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!