- संगालोखबर सम्वाददाता

काठमाडौं । राप्रपा परित्याग गरी नेपाली काँग्रेशमा प्रवेश गरेका सुनिलबहादुर थापालाई काँग्रेसको सह–महामन्त्रीको जिम्मेवारी दिईएको छ । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले थापालाई सह–महामन्त्री बनाउँने निर्णय गरेको हो ।

Advertisement

बैठकको निर्णयपछि आफुलाई जिम्मेवारी प्रदान गरिएको आधिकारीक खबरसमेत आईसकेको थापाले संगालोखबरलाई बताए । ‘पार्टीको बैठकबाट मलाई सह–महामन्त्रीको जिम्मेवारी दिने निर्णय भएछ ।’ संगालोखबरकर्मीसँग थापाले भने–‘पार्टीका मुख्य सचिव कृष्ण पौडेलले फोन गरेर जिम्मेवारी प्रदान गरिएको अधिकारीक खबर गर्नुभएको थियो ।’

बैठकले थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको छ । साउन १३ गते राप्रपा परित्याग गरी थापासहितका नेताहरु काँग्रेस प्रवेश गरेका थिए । धनकुटाको मुगा घर भएका थापा पूर्व प्रधानमन्त्री एवं राप्रपाका सस्थापक नेता स्व.सूर्यबहादुर थापाका छोरासमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!