खेलकूद क्षेत्रमा समस्याको चाङ
काठमाडौँ, १ चैत । नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ ।
प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा मात्रै दुई दर्जन बढी समस्या रहेको उल्लेख छ ।
समितिको गत मङ्सिर २ गतेको बैठकले समितिको क्षेत्राधिक...





























