उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डीगढी नगरपालिका–४ का ४७ बर्षीय धन कुमार राई छन् । गएराती ९ बजे सुत्ने बेलामा ढोका लगाउँने क्रममा ढोका नजिकै रहेको बिजुलीको तारबाट करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि चौदण्डीगढी अस्पताल बेल्टार लगिएको थियो । उपचारकै क्रममा राती करिव साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव...
पुलबाट बस खस्दा नौं जनाको मृत्यु, तीन दर्जन घाइते

पुलबाट बस खस्दा नौं जनाको मृत्यु, तीन दर्जन घाइते

भैरहवा । भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा आज बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । तीन दर्जन यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान करिब पौने ५ बजे भैरहवा नजिकैको पुलबाट रोहिणी खोलामा खसेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएर अस्पताल पुर्याइएका मध्ये ५ जनाको भैरहवास्...
निर्यात बढाउँन निजी क्षेत्रलाई सहयोग गछौँ : मन्त्री बडू

निर्यात बढाउँन निजी क्षेत्रलाई सहयोग गछौँ : मन्त्री बडू

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यात बढाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउँन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बडूले स्वदेशी उत्पादनको निर्यात बढाउँन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका हुन् । मुलुकलाई आत्मनिर्भर एवं समृद...
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।
‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

‘सर्वजीत’ फिल्म बनाउन मन्त्री आलेले पाँच महिनाको तलब दिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन्। फिल्मको निर्देशन दिनेश डिसीले गर्...
लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु

लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ५ बजे खोलाबाट बालुवा निकाल्न गएका स्थानीय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवेर मृत्यु भएको हो । पानीमा डुबेर बेहोस अवस्थामा रहेका सरदारलाई आफन्तले देखेर उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफैसँग विवाह गर्दैछिन् युवती

आफैसँग विवाह गर्दैछिन् युवती

नयाँ दिल्ली । सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ । रातो दुलहीको पोशाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पव...
प्रचण्डलाई भेट्न पुगे बालेन शाह

प्रचण्डलाई भेट्न पुगे बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट ...
नोबेलको शिविरबाट सुनसरीको चक्रघट्टीका ११ सय बिरामी लाभान्वित

नोबेलको शिविरबाट सुनसरीको चक्रघट्टीका ११ सय बिरामी लाभान्वित

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीमा शुक्रवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २६ विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, चक्रघट्टी–काठमाडौं जागरण समाज र महेन्द्र माध्यमिक विद्यालय पूर्व विद्यार्थी समूहको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा २२१ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो...
प्रदेश १ का अग्रज चार पत्रकार पुरस्कृत

प्रदेश १ का अग्रज चार पत्रकार पुरस्कृत

विराटनगर । प्रदेश १ का अग्रज चार पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा कार्यक्रम गरेर धनकुटाका पत्रकारद्वय सञ्जयसन्तोषी राई र स्मिता निरौला, सुनसरीका कृष्णविनोद लम्साल र झापाका लिला बराललाई पुरस्कृत गरेको हो । उनीहरूलाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री ...
सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

काठमाडौं । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो झरेको थियो । बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमल...
पल शाहलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

पल शाहलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न मा...
बुवाको नाममा परीक्षा दिँदै गर्दा छोरा पक्राउ

बुवाको नाममा परीक्षा दिँदै गर्दा छोरा पक्राउ

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ का २० वर्षीय सन्तोष...
सार्वजनिक सवारीको भाडा घट्यो

सार्वजनिक सवारीको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत ...
प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?

प्रचण्ड र नेपाललाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपा...
ऐठनबाट देश ब्यूझियो, अब विकास हुन्छ: मन्त्री राई

ऐठनबाट देश ब्यूझियो, अब विकास हुन्छ: मन्त्री राई

धनकुटा । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले देश अहिले ऐठनबाट भर्खर ब्यूझिएको टिप्पणी गरेका छन् । प्रदेश खेलकुद विकास बोर्डले बिहिबार भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षक क्षमता अभिबृद्धि कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । कुनै पनि मान्छे विना काम सुत्यो भने ऐठन हुँने भन्दै उनले देश पहिले त्यस्तै अवस्थामा रहेको बताए । हिजोको सरकारले केही काम गर्न नसकी सुतेको र ...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो । मूल्य घटेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर मूल्य समायोजन गर्...
नुवाकोटको विदुरमा केएमसीको दुईदिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

नुवाकोटको विदुरमा केएमसीको दुईदिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीवार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भ...
झापामा १२ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

झापामा १२ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ

झापा । झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनदेखि झापाका विभिन्न ठाउँबाट मोटरसाइकल हराएको सूचना पाएपछि खोज तलासमा खटिएको प्रहरीले १२ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका–५ का २७ बर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर ...
औषधि लिन गएका साहको शव भेटियो इनारमा

औषधि लिन गएका साहको शव भेटियो इनारमा

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो । मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थ...
मुलघाटबाट नौं किलो गाँजासहित दुई जना पक्राउ

मुलघाटबाट नौं किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको मुलघाटबाट नौं किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छिन्ताङबाट धरानतर्फ जाँदै गरेको को १ ज ३३२३ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर राखिएको ९ किलो ५ सय ग्राम गाँजा बरामद भएको हो । गाडीमा गाँजा भेटिएपछि सोही गाडीमा सवार सहिदभूमि गाउँपालिका–२ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभूमि–३ का २९ बर्षीय लोकेन्द्र राईलाई प्रहरीले पक...
धनकुटामा ट्रक तेर्सिदा पाँच घण्टा सडक अवरुद्ध

धनकुटामा ट्रक तेर्सिदा पाँच घण्टा सडक अवरुद्ध

धनकुटा । सडक ढाक्ने गरी ट्रक तेर्सिदा धनकुटाको हिले–पाख्रीवास सडक खण्ड पाँच घण्टा अवरुद्ध भएको छ । पुल बनाउँन प्रयोग गरिने मेसिन बोकेर सुनवालुवाबाट हिलेतर्फ आउँदै आउँदै गरेको ना ७ ख ६५०९ नम्बको ट्रक पाख्रीवास नगरपालिका–३ स्थित मुगा खोला नजिक सडकमा तेर्सिदा सवारी आवत–जावत अवरुद्ध भएको हो । गएराती करिब २ बजे ट्रक उकालो सडकमा अगाडि बढ्न नसकी पछाडि सरेर तेर्सिएको हो । ट्रकले सडक ढाक्दा बिहान करिब ७...
सप्तकोशीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

सप्तकोशीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

सप्तरी । आत्महत्या गर्न सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिलाई नदीबाट सकुशल उद्धार गरेर निकालिएको छ । झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुलाई नदीबाट उद्धार गरेर निकालिएको हो । उनी बुधबार साँझ करिब ७ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पुलबाट सप्तकोशी नदीमा हामफालेका थिए । हामफालेको देख्नेवित्तिकै उनलाई सशस्त्र प्रहरीले नदीबाट उद्धार गरेर निकालेका हुन् । सशस...
खोटाङको हलेसी तुवाचुङका सबै सरकारी माविमा अंग्रेजी माध्यमबाट पढाइने

खोटाङको हलेसी तुवाचुङका सबै सरकारी माविमा अंग्रेजी माध्यमबाट पढाइने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सबै माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठन गराउँने तयारी गरिएको छ । मेयर बिमला राईको अध्यक्षतामा बिहीबार सम्पन्न शिक्षा समितिको बैठकले नगरका मावि तहका १२ वटै विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अंग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका...
बजेटले वनस्पति घ्यू उद्योगलाई समस्यामा पारेको गुनासो

बजेटले वनस्पति घ्यू उद्योगलाई समस्यामा पारेको गुनासो

विराटनगर । केही दिन अघि सार्वजनिक आर्थिक बर्ष २०७९/०८० को बजेटमा विरोधाभाषपूर्ण निति अवलम्बन गरिदा वनस्पति घ्यू उद्योगहरुलाई समस्या परेको भन्दै नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले बजेट प्रति असन्तुष्टि जनाएको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर यो नितिले समग्र वनस्पति तेल उद्योगहरु समस्याग्रस्त हुँनेतर्फ सचेत पनि गराएको छ । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी त्यसला...
शिक्षकबाट राजीनामा दिएर चुनाव लडे, हारेपछि पुनः नियुक्ति

शिक्षकबाट राजीनामा दिएर चुनाव लडे, हारेपछि पुनः नियुक्ति

कपिलवस्तु । निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ । स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगर...
माओवादीको पहिचानमा सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

माओवादीको पहिचानमा सङ्कट आयो, हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् । उनले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक ...
झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नगरी फर्काइयो काठमाडौं

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नगरी फर्काइयो काठमाडौं

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान त्यहाँ नपुगी आकासबाटै काठमाडौं फर्काइएको छ । बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको बुद्ध एयरको ९५३ नम्बरको जहाज भद्रपुरमा अवतरण नगरी ११ः०६ बजे पुनः काठमाडौं फर्किएको हो । विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमानको अरू अवस्था सामान...
संखुवासभामा पहिरोमा पुरिए दुई मजदुर

संखुवासभामा पहिरोमा पुरिए दुई मजदुर

संखुवासभा । संखुवासभाको चैनपुर–१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मतका क्रममा आज बिहान खसेको सुख्खा पहिरोले दुई मजदुरलाई पुरेको छ । चैनपुर–गुफापोखरी सडक खण्ड मर्मत गर्ने क्रममा बिहान करिब ११ बजे उदयपुरका ३५ वर्षीय हेम मगर र धरानका १९ वर्षीय रामकुमार राईलाई ढिस्कोले पुरेको हो । काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले उनीहरुलाई पुरेको स्थानीयबासीले बताएका छन् । उनीहरु दुवैजना ग्या...
विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु

विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बृद्धको उपचारका क्रममा गएराती मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिराटनगर महानगरपालिका–१० का ८५ बर्षीय मुसा यादबको मृत्यु भएको हो । उनलाई गत सोमबार साँझ बिराटनगर–१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । नोबेल अस्पतालमा घाइते यादवको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ल...
धनकुटाको परिचयमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटाको परिचयमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ परिचयमोड नजिक गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नासल चौकबाट परिचयमोडतर्फ जाँदै गर्दा मे ६ प १७५६ नम्बरको मोटरसाइकल राती करिब २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक संखुवासभाको खाँदवारी नगरपालिका १० घर भई धनकुटा–६ मा डेरा गरेर बस्दै आएका २४ बर्षीय पुरन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्...
error: Content is protected !!