सरकारी नीतिले वायर, घ्यू तेल र सेनिटरी प्याड उद्योग संकटमा, मोरङका उद्योगी आन्दोलित
विराटनगर । सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि सार्वजनिक गरेको बजेट तथा नीतिले स्टिल तथा वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योग सङ्कटमा परेको भन्दै उद्योगी व्यवसायीहरूले सो नीति तत्काल सच्याउन माग गरेका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधवार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर भन्सार दर हेरफेरको नीति सच्याउन सरकारसँग माग ...































