- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको चैनपुर–१, स्थित नुनढाकीको बिहीबारे क्षेत्रमा सडक मर्मतका क्रममा आज बिहान खसेको सुख्खा पहिरोले दुई मजदुरलाई पुरेको छ ।

चैनपुर–गुफापोखरी सडक खण्ड मर्मत गर्ने क्रममा बिहान करिब ११ बजे उदयपुरका ३५ वर्षीय हेम मगर र धरानका १९ वर्षीय रामकुमार राईलाई ढिस्कोले पुरेको हो ।

काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले उनीहरुलाई पुरेको स्थानीयबासीले बताएका छन् । उनीहरु दुवैजना ग्याबिन वालको काम गर्ने मजदुर हुन् ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी नुनढाकी र इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल गएको छ । स्काभेटर लगाएर उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!