संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीमा शुक्रवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २६ विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, चक्रघट्टी–काठमाडौं जागरण समाज र महेन्द्र माध्यमिक विद्यालय पूर्व विद्यार्थी समूहको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा २२१ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १९२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत फुकालिएको छ ।

शिविरमा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव पनि सहभागि थिए । कार्यक्रममा मन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नोबेलले गरिब तथा बिपन्न विरामीलाई सहयोग पुरर्याएको बताए । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे र नोबेलका प्रबन्धक दाहालले पनि मन्तव्य राखेका थिए ।

नोबेल अस्पतालले बिभिन्न संघसस्थाहरुसँग सहकार्य गरेर बर्षौं अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामीले निःशुल्क उपचार पाएका छन् । निःशुल्क स्वास्थ्य शिविरले गरिब तथा बिपन्न विरामीलाई फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिइने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!