संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौदण्डीगढी नगरपालिका–४ का ४७ बर्षीय धन कुमार राई छन् ।

गएराती ९ बजे सुत्ने बेलामा ढोका लगाउँने क्रममा ढोका नजिकै रहेको बिजुलीको तारबाट करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि चौदण्डीगढी अस्पताल बेल्टार लगिएको थियो । उपचारकै क्रममा राती करिव साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!