- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले देश अहिले ऐठनबाट भर्खर ब्यूझिएको टिप्पणी गरेका छन् । प्रदेश खेलकुद विकास बोर्डले बिहिबार भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षक क्षमता अभिबृद्धि कार्यक्रमलाई संवोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

Advertisement

कुनै पनि मान्छे विना काम सुत्यो भने ऐठन हुँने भन्दै उनले देश पहिले त्यस्तै अवस्थामा रहेको बताए । हिजोको सरकारले केही काम गर्न नसकी सुतेको र अहिले नयाँ सरकार आएपछि ऐठनबाट व्यूझिएकाले अब विकासका कामले गति लिने मन्त्री राईले बताए ।

फरक प्रसंगमा बोल्दै मन्त्री राईले सबै खेलाडी तथा प्रशिक्षकहरुले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । खेल क्षेत्रको विकासका लागि प्रशिक्षकहरुको महत्वपूर्ण भूमिका हुँने उनको भनाई छ । खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने उनले आश्वासन पनि दिएका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंसराज वाग्ले, प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिनाजंग कार्की लगायतले शुभकामना मन्तव्य राखे ।

आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ लाई अब्बल बनाउँन प्रशिक्षकको क्षमता अद्धिबृद्धि कार्यक्रम राखिएको हो । कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका उस्सु, कराते, कवड्डी, भलिबल लगायत खेलका प्रशिक्षकहरु सहभागि छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!