संगालोखबर सम्वाददाता

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।

Advertisement

नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!