- संगालोखबर सम्वाददाता

झापा । झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनदेखि झापाका विभिन्न ठाउँबाट मोटरसाइकल हराएको सूचना पाएपछि खोज तलासमा खटिएको प्रहरीले १२ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका–५ का २७ बर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल छन् । त्यस्तै बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी, १८ बर्षीय सुमन बिहारी र ईलामको चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ पक्राउ परेका हुन् ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पक्राउ परेको यो समूहले अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको अशोक विहारीको ग्यारेज र अर्जुनधारा–१० को अर्को मोटरसाइकल ग्यारेजबाट साथै झापाका अन्य स्थानबाट मोटरसाइकल चोरी गरेको थियो ।

पक्राउ परेका आठै जनाको विषयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!