संगालोखबर सम्वाददाता

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ५ बजे खोलाबाट बालुवा निकाल्न गएका स्थानीय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवेर मृत्यु भएको हो ।

पानीमा डुबेर बेहोस अवस्थामा रहेका सरदारलाई आफन्तले देखेर उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!