- संगालोखबर सम्वाददाता

भैरहवा । भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा आज बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । तीन दर्जन यात्रु घाइते भएका छन् ।

Advertisement

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान करिब पौने ५ बजे भैरहवा नजिकैको पुलबाट रोहिणी खोलामा खसेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएर अस्पताल पुर्याइएका मध्ये ५ जनाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसलाई तीनवटा जेसीभी लगाएर पल्टाई घाइतेहरुलाई उद्धार गरिएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरेर ३२ जना यात्रुलाई भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पताल पुर्याएको छ । बाँकीको उद्धार कार्य जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!