संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बृद्धको उपचारका क्रममा गएराती मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिराटनगर महानगरपालिका–१० का ८५ बर्षीय मुसा यादबको मृत्यु भएको हो ।

उनलाई गत सोमबार साँझ बिराटनगर–१० मा को ३९ प ७८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । नोबेल अस्पतालमा घाइते यादवको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!