संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान त्यहाँ नपुगी आकासबाटै काठमाडौं फर्काइएको छ । बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको बुद्ध एयरको ९५३ नम्बरको जहाज भद्रपुरमा अवतरण नगरी ११ः०६ बजे पुनः काठमाडौं फर्किएको हो ।

विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमानको अरू अवस्था सामान्य रहेको बताइएको छ । तर, प्राविधिक जाँचको काम भइरहेको छ ।

Advertisement

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भयो । विमानमा ६९ यात्रु सवार थिए । उनीहरुलाई बुद्ध एयरकै अर्को विमानमार्फत भद्रपुर पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!