- संगालोखबर सम्वाददाता

काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनीले शनिबार साँझ इन्स्टाग्राममा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

Advertisement

उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ः२९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ उनले कुन फर्म्याटबाट सन्यास लिएको भन्ने नखुलाएपनि भारतीय सञ्चारमाध्यमहरुले धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

भारतीय क्रिकेटमा धोनी सफल कप्तान मानिन्छन् । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो ।

धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो । धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!