दुई महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध
काठमाडौं । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिला...



























