धनकुटामा ३६ जनाले लिए उम्मेद्वारी फिर्ता
धनकुटा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका ३६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा पालिका प्रमुखदेखि वडा सदस्य पदसम्मका उम्मेद्वार छन् ।
जिल्लाका ६ वटा स्थानीय तहमा मनोनयन दर्ता गराएका ३६ उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटा नगरपालिकाको...


























