विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङ रानिगञ्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र देवीगञ्ज ग्राम पञ्चायतका २९ बर्षीय सनोड मण्डल छन् ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नका लागि ईजाजत पत्र प्राप्त नगरेका उनीहरुले क्लिनिक सञ्चालन गरी चेकाजाँचसमेत गर्ने गरेको प्रहरीले जनाएको छ । बर्मनले पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पाईल्स क्लिनिक सञ्चालन गर्दै आएका थिए । त्यस्तै मण्डल सुन्दरहरैंचा नगरपालिका–३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक हुन् ।

उनीहरुले केही समय अघिदेखि आफू चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक सञ्चालन गर्दै आएका थिए । अबैध रुपमा क्लिनिक सञ्चालन गरेर आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले उपचारमा प्रयोग गरेको सामाग्री पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!