विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको मेयरमा सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् ।
सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगरको मेयरमा लालबाबु पण्डित, जीवन घिमिरे, पर्शुराम बस्नेत, गुरु बराल, बाबुराम कार्की, रामलाल साह लगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएर मनोनयन दर्ता गराएका हुन् ।
विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपा नेपालका अमरेन्द्र यादव उम्मेदवारी दर्ता गराएका छन् ।