- संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीस्थित क्रिकेट मैदानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानीय पब्लिक युथ क्लव र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा १० दिने शिविर आयोजना गरिएको हो ।

Advertisement

क्रिकेट मैदानमा मंगलवारदेखि प्रदेशस्तरीय क्रिकेट खेल सुरु भएको छ । खेलका क्रममा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना रहेकाले खेलाडीको उपचारका लागि केएमसीका ९ जना डाक्टरहरुको टोली शिविरमा खटाइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनका अनुसार खेल हेर्न आएका दर्शकहरुलाई पनि स्वास्थ्यमा समस्या देखिए निःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ ।

उक्त शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात समस्या पत्ता लागेपछि औषधिसमेत निःशुल्क वितरण गरिन्छ । खेल वैशाख २३ गतेसम्म सञ्चालन हुँने आयोजकले जनाएको छ । खेल अवधिभर नै केएमसीका डाक्टरहरुले खेलाडी र दर्शकको निःशुल्क उपचार गर्नेछन् ।

मंगलवार केएमसीले काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरी ७५३ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!