संगालोखबर
तस्बिर : एआईको सहयोगमा

सप्तरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीबन्दी चोरीको कारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१४ नयाँबस्तीका २४ वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाख्रिन छन् ।

सप्तरी प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित एक होटल अगाडि बा ८ च ९४३० नम्बरको कार रोकेर राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीले शङ्का लागेपछि गाडीको कागजात तथा चालक अनुमतिपत्र मागेको थियो । तर उनले कुनै पनि कागजात पेस गर्न सकेनन् । कागजपत्र पेस गर्न नसकेपछि यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर नमिलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाख्रिनविरुद्ध चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि झुम्का कारागार पठाइने तयारी छ ।

पाख्रिन लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बेला गत भदौ २४ मा झुम्का कारागारबाट फरार भएका थिए । प्रहरीका अनुसार पाख्रिनले अझै १७ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!