तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ हवाकु पञ्चमी टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि गणेशमान सिंह अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । सिमेन्ट बोकेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित सडकबाट कर...


























