उर्लाबारीबाट दुई लाख ५० हजार मूल्य पर्ने अवैध कपडा बरामद
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद गरेको छ । हिजो उर्लाबारी-४ बक्रा पुल स्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ ह ६३०९ नम्बरको अटोबाट कपडा बरामद गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कपडा फेला पारेको थियो ।
दुई लाख ५० हजार मूल्य ...






























