सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा जोड
विराटनगर । सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा शिक्षकहरूले जोड दिएका छन् । सङ्घीय शिक्षा ऐनका विषयमा विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस विषयमा जोड दिएका हुन् ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आयोजना तथा नेपाल शिक्षक महासङ्घ मोरङको व्यवस्थापनमा कार्यक्रम भएको हो । अन्तरक्रियामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट शिक्षकका विभिन्न घटक संस्थाका अध्यक्ष, सचिव, महास...































