धरानबाट २६८ किलो गाँजा बरामद, भरियाहरू फरार
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ र २० को सिमाना स्थित चुम्पुले खोलाको जंगलबाट दुई सय ६८ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ः३० बजे गाँजा बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रहरीलाई देख्नेबित्तिकै गाँजा बोकेर आउँदै गरेका १०/११ जना भरिया आफूले बोकेर आएको भारी छाडेर भागेका थिए ।
फरार रहेका उनीहरूको खोजी भ...





























