मोरङको जिल्ला प्रशासन र मालपोतबाट २९ जना बिचौलिया पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरबाट २९ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरीले विशेष निगरानीका आधारमा आज उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रशासन कार्यालयबाट ९ र मालपोतबाट २० जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी का...





























