विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराटनगर । त्रिभुवन आर्मी क्लब विराट गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगलाशामा भएकाे पहिलाे क्वाटरफाइनल खेलमा घरेलु टाेली माेरङलाई १-० गाेल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे हाे । पहिलाे हाफकाे ३७ औं मिनेटमा निरज चाैधरीले गरेकाे गाेल नै आर्मीका लागि निर्णायक बन्याे । खेलकाे म्यान अफ द म्याच आर्मीका गाेल किपर विकेश कुथु घाेषित भए । माेरङ उद्घ...
विराट गाेल्डकप : क्वाटरफाइनलकाे पहिलाे हाफमा घरेलु टाेलीविरूद्ध आर्मीकाे एक गाेल

विराट गाेल्डकप : क्वाटरफाइनलकाे पहिलाे हाफमा घरेलु टाेलीविरूद्ध आर्मीकाे एक गाेल

विराटनगर । विराट गाेल्डकपकाे पहिलाे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा त्रिभुवन आर्मी क्लबले एक गाेल गरेकाे छ । विराटनगरकाे सहिद रंगशालामा जारी क्वाटरफाइनल खेलमा आर्मीका निरज चाैधरीले एक गाेल गरेका हुन् । पहिलाे क्वाटरफाइनलमा घरेलु टाेली माेरङ र आर्मीबीच खेल भइरहेकाे छ । माेरङ उद्घाटन खेलमा भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे...
प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी

विराटनगर  । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा जारी प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी भएका छन् । आज भएको खेलमा इलामलाई हराउँदै झापा र मोरङलाई हराउँदै सुनसरी विजयी भएका हुन् । बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ । झापाले तीन खेल मध्ये दुईमा जित निकाल्दै चार अङ्क जोडेको छ । इलाम तीन खेलमै पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ ...
विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल-१० ले नारी दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला मात्रै सहभागि हुन पाउने जनाएको छ । प्रतियोगिता फागुन २४ गते सञ्चालन हुनेछ । प्रतियोगितामा एक यस स्कुटरमा दुई/दुई जनालाई सहभागि गराउने लक्ष्य रहेको राउन्ड टेबलका अध्यक्ष भास्कर सोनील...
विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङबीच प्रतिस्पर्धा हुने छ । मोरङ उद्‌घाटन खेलमा पाहुना टोली साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार भएको खेलमा एपीएफले जित निकालेको थियो । पाहुना टोली सुभेदा दिल्ली फुटबल क्लबलाई ट्राइबेकरमा ५-...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि यसरी भइरहेको छ मतदान (फोटो फिचर)

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ५० प्रतिशत मत खसेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रियामा यो समाचार तयार पार्दासम्म ५० प्रतिशत मत खसेको हो । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू र सागर थापा, सचिवमा रविन थापा र सोमराज थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी तथा उषा झा र सन्तोष बान्तवा चुनावी मैदानमा छन् ।  न...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म एक सय ७४ मत खसेको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज...
धनकुटाका माझी समुदायले मनाए लदी पर्व (फोटो फिचर)

धनकुटाका माझी समुदायले मनाए लदी पर्व (फोटो फिचर)

धनकुटा । धनकुटामा सीमान्तकृत माझी समुदायले लदी पर्व मनाएका छन् । मङ्गलबार तमोर र कोशी नदी किनारमा विशेष पुजा गरेर भव्य रूपमा माझी समुदायले लदी पर्व मनाएका हुन् । कोसी पुजा समेत भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । चैबिसे गाउँपालिका-४ स्थित भैँसेटार र साँगुरीगढी गाउँपालिका-३ स्थित कुशेटारका माझी समुदायले लदी पर्व मनाएका हुन् । नदी किनारमा बोकाको बली दिएर डुङ्गा, माछा मार्ने जाल, फ...
मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मौलाबारी स्थित बक्राहा खोलाको किनारमा युवा-युवती झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार आज बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विवाहित रहेका उनीहरू एउटै रूखको हाँगामा झुण्डिएका छन् । पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका-६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा झुण्डिएको अवस्थाम...
एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो । शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ । पाँच पदाधिकारीसहित एक सय ६...
विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकसहित ४५ लाख मूल्य...
विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ । सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक रिजाल मोरङको एफसीले विजयी सुरुवात गरेका छ । पाहुना टोली भारतको साउर्थन समिति कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । यो सँगै मोरङ क्वार्टर फाइनलम...
एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव नभएपछि आज मतदान हुन लागेको हो । शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी भएपनि विवाद बढेपछि अधिवेशन लम्बिएको हो । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा र...
विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा आयाेजक रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै माेरङ विजयी भएकाे हाे । सहिद रंगशालामा भएकाे खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । यस्तै ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा दाेर्जे तामाङ र खेलकाे ८९ औं मिनेटमा म...
विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलकाे पहिलाे हापमा आयाेजक रिजालकाे माेरङ एफसी र भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकाताबीच दुई/दुई गाेलकाे बराबरी भएकाे छ । सहिद रंगशालामा जारी खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । लगत्तै १३ औं मिनेटमा काेलकत्ताका लागि सुदिप्त हाल्डेनले गाेल गर्दै खेल बराबरीमा ल्याए । ३८ औं मिनेट...
उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । उदयपुर र झापाबाट प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय  निशान मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूका साथबाट ट्रामाडोल एक सय २० चक्की र स्पास...
मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

विराटनगर । मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले सञ्चालन गर्दै आएको न्यु पाथीभरा ज्वेलर्समा चोरी भएको हो । प्रहरीले चोरी भएको जानकारी आज बिहान १० बजेतिर पाएको थियो । प्रहरीले आइतबार राति ज्वेलर्समा जोरी भएको अनुमान गरेको छ । मोरङ प्रहरीका अनुसार २५ किलो चाँदीका गहना, दुई तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चो...
संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका-९ स्थित सालघारीमा आइतबार राति आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार प्युठान सोमद्धार नगरपालिका-१ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाइकल दुर्घटनामा परेको हो । ...
एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन प्रक्रिया पूर्व निर्धारित समयभन्दा ढिलो सुरु भएको छ । आज बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भनिएपनि त्यसको करिब चार घण्टापछि मात्रै नामावली प्रकाशन गरिएको हो । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा नौ सय ११ जना प्रतिनिधि कायम गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोग...
आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

विराटनगर । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विराटनगरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । यस्तै जनकपुरको पनि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा म...
प्रथम कोशी खेलकुद महोत्सव : महिला फुटबलको उपाधि झापालाई

प्रथम कोशी खेलकुद महोत्सव : महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार विराटनगर स्थित सहिद रङ्गशालामा सम्पन्न प्रतियोगितामा पाँचथरलाई ३-० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । खेलको सुरुवात देखिनै पाँचथर माथि हाबी भएको झापाले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णि...
उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

विराटनगर । विराटनगरको ऐतिहासिक रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आजबाट सुरु हुँदैछ । सहिद रङ्गशालामा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच प्रतिस्पर्धा हुने छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्न...
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी

विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी भएको छ । अहिले केहीबेर अघि सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको छ । लिखुपिके-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घर भाडामा लिएर गाउँपालिकाले प्राविधिक र स्टोर शाखा सञ्चालन गरेको थियो । ढुंगा माटो प्रयोग गरेर र टिनको छानो लगाएर बनाइएको दुई तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी भएपनि विद्य...
सहिद भीमनारायण गोल्डकप चैत्र १७ गतेदेखि

सहिद भीमनारायण गोल्डकप चैत्र १७ गतेदेखि

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण आगामी चैत्र १७ गतेबाट सुरु हुने भएको छ । धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ । भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा आठ टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्दा करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका संयोजक शम्भु प्रधान...
ज्यान मुद्दाका फरार अभियुक्त बालिका बन्धक बनाएको आरोपमा पक्राउ 

ज्यान मुद्दाका फरार अभियुक्त बालिका बन्धक बनाएको आरोपमा पक्राउ 

धनकुटा । धनकुटामा १४ वर्षीया दुई बालिकालाई अपहरण गरि बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । शनिबार चौबिसे गाउँपालिका-३ बाट उनीहरू पक्राउ परेका हुन् । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार दुई जना बालिकाको उद्धार गरिएको छ । चौबीसे गाँउपालिका-३ गढी गाउँका १९ वर्षीय सनिश याख्खा र मोरङको उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विकलाई पक्राउ ...
एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई निर्वाचित

एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई निर्वाचित

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई निर्वाचित भएका छन् । शनिबार सम्पन्न नगरको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । कमिटी उपाध्यक्षमा मदन राई, सचिवमा दुर्गाप्रसाद सुवेदी, उप-सचिवमा मिठु देउजा र तोर्ण बहादुर खपाङ्गी रहेका छन् । त्यस्तै मित्रबहादुर गौतमको अध्यक्षतामा ७ सदस्यीय लेखा समिति समेत गठन भएको छ । कार्...
विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते एक जनाको मृत्यु

विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । वडा सदस्य लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर गत फागुन ११ गते रोकेर राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । विराटनगर-७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३-००१ ख १७१२ नम्बरको ट्रकमा राति ९ः...
आगाेले जलेर घाइते भएकी महिलाकाे एक महिनापछि मृत्यु

आगाेले जलेर घाइते भएकी महिलाकाे एक महिनापछि मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ हाेक्लाबारीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएकाे छ । ५५ वर्षीया रीता बुढाथोकीको आगोले जलेको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको हो । गाईलाई खोले पकाउने क्रममा सारीबाट सल्किएको आगोले जलेर उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार उनी माघ १७ गते जलेर घाइते भएकी थिइन् । तत्काल उपरचाका लागि विराट टिचिङ अस्पताल ल्याइएकोमा उनलाई थप उपचारका लागि ...
शिवमहापुराणमा एक करोड बढी आर्थिक सङ्कलन

शिवमहापुराणमा एक करोड बढी आर्थिक सङ्कलन

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित तमोर नदि किनारमा अवस्थित विश्रान्ति मन्दिरमा लगाइएको शिवमहापुराणबाट एक करोड २० लाख रुपैयाँ बढी आर्थिक रकम सहयोग भएको छ । गुरुकुल तथा वृद्धाश्रमलाई व्यवस्थित गर्न गत फागुन ४ देखी १५ गतेसम्म सञ्चालन भएको शिवमहापुराणबाट उक्त रकम सङ्कलन भएको हो । शिवमहापुराणमा एक जनाबाटै सबैभन्दा बढी ११ लाख ११ हजार एक सय २१ रुपैयाँ र दुई जनाबाट जनही ११ लाख ११ हजार एक सय ११ रुपैयाँ ...
इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

इलाममा पिकअप दुर्घटना हुँदा २९ जना घाइते

विराटनगर । इलामको माई नगरपालिका–१ मा पिकअप दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । बिहीबार दिउँसो महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो । ‘ब्रेक फेल’ भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइतेहररूको इलाम अस्पताल र झापाको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पिकअप चालक इलामको माइ नगरपालिका–४ का अन्दाजी २७ वर्षी...
कोशी क्रिकेट महोत्सव सम्पन्न

कोशी क्रिकेट महोत्सव सम्पन्न

विराटनगर । कोशी क्रिकेट महोत्सव सम्पन्न भएको छ । कोशी प्रदेश क्रिकेट सङ्घको प्रवर्द्धन, नेपाल क्रिकेट फाउन्डेसनको आयोजना, एमसिसि फाउन्डेसन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वय तथा मोरङ जिल्ला क्रिकेट सङ्घको सहयोगमा भएको महोत्सव सम्पन्न भएको हो । महोत्सव विराटनगर ६ स्थित मेरिलबोन ज्वाला क्रिकेट मैदानमा भएको थियो । कोशी क्रिकेटको विकास र प्रवर्द्धन तथा विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्...
error: Content is protected !!