ब्लड क्यान्सरबाट पीडित बालकको उपचारमा सहयोगको अपिल
विराटनगर । ब्लड क्यान्सर रोगबाट पीडित ११ वर्षीय बालकको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । आज आफन्तले विराटनगरमा पत्रकार सम्मेलन गर्दै तीन वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित बनेका राजवीर ठाकुरको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।
बालककी सानीआमा लक्ष्मी ठाकुरले आर्थिक अवस्था कमजोर हुँदा थप उपचारमा समस्या भएको बताइन् । उनका अनुसार बालककी आमा राधादेवी ठाकुरको माइत विराटनगर-९ स्थित घोग...































