झापामा पानीको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
झापा । झापाको झापा गाउँपालिका-२ मा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो करिब २ः३० बजे दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांश घरअगाडि खेल्ने क्रममा पानी भरिएको खाल्डोमा डुबेका थिए ।
गम्भीर घाइते उनलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । तर उनको उपचारकै क्रममा अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक...






























