धनकुटा ७ मा आँखा शिविर, मोतिबिन्दुको निःशुल्क अप्रेसन
धनकुटा । धनकुटा नगरपालिका-७ मा मोतिबिन्दु पहिचानका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ । डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटासँगको प्राविधिक सहयोगमा वडा कार्यालयले १९ गते आयोजना गरेको शिविरमा ११ जनाको मोतिबिन्दु पहिचान भएको छ ।
शिविरमा नगरपालिका स्वास्थ्य सेवा उपशाखाका प्राविधिक कर्मचारीहरूले पनि सहयोग गरेका थिए । ‘वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरेर हामीले शिविरको आयोजना गरेका हौं’, वडाध...































