विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ
विराटनगर । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-७ का ३५ वर्षीय खगेन्द्र बस्नेत छन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक...































