धनकुटाका आठपहरियाको मुख्य चाड वाडाङ्मेट सुरु
धनकुटा । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेट सुरु भएको छ । आठपहरियाको ५२ चुले घरमा माङ्लाङ् उठाएपछि मुख्य चाड वाडाङ्मेट सुरु भएको हो ।
आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरी तीनवटा चाड मनाउने गर्दछन् । जसमध्ये वाडाङ्मेट अर्थात मंसिरे चाडलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । मुख्यगरी धनकुटामा मात्रै बसोवास गर्ने आठपहरियाहरू वर्षभरिमा दिवङ्गत भएका आफ्ना आफन्तको सम्झना...































