धनकुटा । जनता समाजवादी पार्टीले आज साँझ धनकुटामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । जनता समाजवादीका नेता कार्यकर्ताले मदनचौकमा भेला भएर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
असंवैधानिक रुपमा संसद् विघटन गरिएकाले त्यसको विरोधमा पुत्ला जलाइएको जनता समाजवादीका जिल्ला उपाध्यक्ष विकास घिमिरेले जानकारी दिए । मदनचौकमा भेला भएका नेता, कार्यकर्ताले पुत्ला दहनसँगै सरकारविरुद्ध नारावाजी गरेका छन् ।
केही दिन अघि पनि जनता समाजवादीले संसद् विघटनको विरोध गर्दै धनकुटा बजारमा जुलुश प्रदर्शन गरेको थियो ।