मोरङ । मोरङको रंगेली–८ दर्बैसाबाट १७ हजार ७ सय भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्राहका ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरञ्जन सिंह छन् ।
बीआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकलमा सवार मण्डल र सिंहलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट १७ वटा २०० दरको र १४३ वटा १०० दरको भारतीय नक्कली नोट बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । पक्राउ परेका दुबै जनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।