विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ५, मोरङको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका ३ र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६२७ पुगेको छ । जसमध्ये २६ हजार ८४९ संक्रमित निको भइसकेका छन् ।
त्यस्तै होम आईसोलेसनमा बसेका १३९ जना कोरोना संक्रमित आज संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।