संगालोखबर सम्वाददाता

मोरङ । प्रदेश १ का तीन मन्त्रीले आइतबार राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेर र उद्योग पर्यटन बन तथा वातावरण राज्य मन्त्री विजयकुमार विश्वासले पदवाट राजीनामा दिएका हुन् ।

Advertisement

उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् । राष्ट्रिय राजनीतिमा भएका घटनाहरुको कारण जिम्मेवारीमा बस्न असमर्थ भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

यसअघि हिजो आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!