संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयलाई नेपाल रेडक्रस सोसाईटीले हात धुने धारा र सावुनको व्यवस्था मिलाईदिएको छ ।

Advertisement

कोरोनाको महामारीका बेला विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका लागि रेडक्रसले हात धुने व्यवस्था मिलाईदिएको हो । हात धुनका लागि रेडक्रसले धारा जडित तीन वटा बाल्टी, दुई दर्जन सावुन र पानी थाप्ने एउटा बाल्टी उपलब्ध गराएको विद्यालयका शिक्षक अनिल तिम्सिनाले जानकारी दिए ।

विद्यालयमा आयोजित कार्यक्रममा रेडक्रसका मन्त्री छत्रबहादुर श्रेष्ठले प्रधानाध्यापक हरी प्रसाद पौडेललाई सामाग्री हस्तान्तरण गरेका हुन् । रेडक्रसले अन्य विद्यालयमा पनि धारा र सावुन उपलब्ध गराएर हात धुने व्यवस्था मिलाउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!