- संगालोखबर सम्वाददाता

विराटनगर । कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसरमा शनिवार विराटनगरमा बृक्षरोपण र सरसफाई कार्यक्रम गरिएको छ । बैंकको विराटनगर र बरगाछी शाखाले दुई फरक–फरक स्थानमा बृक्षरोपण र सरसफाई कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका हुन् ।

विराटनगर शाखाले विराटनगर–७ हाटखोलास्थित परम विश्रान्ति स्थलमा बृक्षरोपण गरेको छ । बैंकका १ नम्बर प्रदेश प्रमुख मनिस श्रेष्ठ, विराटनगर शाखा प्रमुख अंकित पाण्डे, सञ्चालन विभाग प्रमुख दिवाकर कट्टेल, कर्जा अधिकृत नितेश शर्मा लगायत कर्मचारीहरुले परम विश्रान्ति स्थल परिषरमा बृक्षरोपण गरेका छन् ।

सो स्थानमा रक्तचन्दन, अमला, पिताञ्जली लगायत प्रजातिका २० वटा वृक्ष रोपिएको बैंकका विराटनगर शाखा प्रमुख पाण्डेले जानकारी दिए ।

यसैबीच, कुमारी बैंकको बरगाछी शाखाले विराटनगर–३ स्थित बासुकीनाथ मन्दिर परिषरमा सरसफाई र बृक्षरोपण गरेको छ । मन्दिर परिषर सरसफाई गरी २० वटा विरुवा रोपिएको बरगाछी शाखा प्रमुख नितेश अग्रवालले बताए । बार्षिकोत्सवकै अवसरमा बरगाछी शाखाको तर्फबाट मन्दिरलाई पाँच थान कुर्सी पनि प्रदान गरिएको छ । बरगाछी शाखा प्रमुख अग्रवालले मन्दिरका कार्यकारी सदस्य हंसराज गोयललाई कुर्सी हस्तान्तरण गरेका हुन् ।

प्रदेश १ का १६ वटै शाखाद्वारा बिभिन्न कार्यक्रम

प्रदेश १ मा रहेका कुमारी बैंकका १६ वटै शाखाले बार्षिकोत्सवको अवसरमा शनिवार बिभिन्न कार्यक्रम गरेको विराटनगरस्थित बैंकको प्रादेशिक कार्यालयले जनाएको छ । प्रदेश १ का ७ जिल्लामा रहेका २० शाखाले बार्षिकोत्सवको अवसरमा बिभिन्न ठाउँमा बृक्षरोपण र सरसफाई गरेको कुमारी बैंकका १ नम्बर प्रदेश प्रमुख श्रेष्ठले जानकारी दिए । ‘बार्षिकोत्सवको अवसरमा देशभरका सवै शाखाले वृक्षरोपण र सरसफाई गर्ने कार्यक्रम तय भएको थियो, सोही अनरुप प्रदेश १ का १६ वटै शाखाले पनि बृक्षरोपण र सरसफाई गरेका छन्’, प्रदेश प्रमुख श्रेष्ठले संगालोखबरसँग भने ‘कतिपय शाखाले विद्यालयलाई धारासहितको पानीटंकी प्रदान गर्ने र पालिका प्रवेश स्थलमा गेट निर्माण गर्ने काम पनि गरेका छन् ।’

प्रदेश १ को मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र इलाममा कुमारी बैंकले शाखा विस्तार गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले मोरङमा दुई र सुनसरीमा एउटा एक्सटेन्सन काउन्टर पनि सञ्चालन गरेको छ । देशभर १९२ शाखा, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट कुमारी बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

थप तस्वीरहरु

तस्वीर: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!