सुनसरी । धरान उप–महानगरपालिका–१५ बाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१५ का २२ बर्षीय सुजन धमला, २५ बर्षीय बिधान आलेमगर, १९ बर्षीया मनुषा तामाङ र धरान १७ का २१ बर्षीय अर्पण धमला छन् ।
बिशेष सुराकका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिधानको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा लुकाए राखिएको ११ ग्राम लागुऔषध खैरो हिरोइन ब्राउनसुगर प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध मुद्दामा कारबाही प्रकृया अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।