गोमा ढुंगाना/संगालोखबर

विराटनगर । रंगहरुको पर्व होली आज विराटनगरसहित तराइका जिल्लाहरुमा मनाइएको छ । अघिल्ला बर्षहरुमा जस्तो चौक–चौकमा होलीविशेष कार्यक्रम नभएपनि एक आपसमा रंग दलेर सामान्य रुपमा होली मनाइएको हो ।

Advertisement

होली मनाउँन विहानैदेखि विराटनगर बजारमा वालवालिकादेखि युवा पुस्तासम्मको जमात निस्किएको थियो । होली बिशेष औपचारिक कार्यक्रम नभएपनि उनीहरुले बजारमा डुलेर एक आपसमा रंग दलेर होलीको शुभकामना साटासाट गरेका छन् ।

होलीमा अप्रिय घटना हुँन नदिन विराटनगरमा सुरक्षा तैनाथी बढाइएको थियो । ट्राफिक प्रहरीले प्रायः साँझ मापसे चेकिङ्ग गर्ने गरेको भएपनि होलीलाई लक्षित गर्दै विहानदेखि नै मापसे चेकिङ्गका लागि सडकका बिभिन्न स्थानमा ट्राफिक प्रहरी खटिएका थिए । सो क्रममा मापसे गरेर कुदाइएका दर्जनौं सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा यस्तो देखियो होली..

तस्वीर: गोमा ढुंगाना/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!