ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–१ सिम्लेमा रुखले किच्दा आज बिहान एक जनाको मृत्यु भएको छ । बिहान करिब ७ बजे दाउरा काट्ने क्रममा रुखले किच्दा सिम्लेका २८ बर्षीय मनकुमार तामाङको मृत्यु भएको हो ।
स्थानीय कात्तिके सामुदायिक जंगलको चिलाउनेको रूखमा उनी दाउरा काट्न चढेका थिए । सोही क्रममा रुख ढलेर किच्दा तामाङ घाइते भए ।
उपचारका लागि जिल्ला अस्पताल लगिएका उनको उपचारकै क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।