धनकुटा । नेपाल ज्योतिष परिषदको धनकुटा अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । धनकुटा–७ स्थित नर्वदेश्वर महादेव मन्दिर प्रांगणमा भएको परिषदको पाँचौ जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा अम्बिका प्रसाद अधिकारी, उपाध्यक्षमा माधव प्रसाद दाहाल, महिला उपाध्यक्षमा सुनकुमारी राई, सचिवमा सरोज घिमिरे, सह–सचिवमा कुल प्रसाद तिम्सीना, कोषाध्यक्षमा जय बहादुर तामाङ र सह–कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा यज्ञ बहादुर राई, गोविन्द वाग्ले, माधव दाहाल, शालिग्राम मिश्र, भोलानाथ भण्डारी र शंकर प्रसाद पोख्रेल चयन भएका छन् ।
कार्यक्रममा धनकुटा नगरपालिका–७ का वडाध्यक्ष जंगबहादुर राई, नेपाल ज्योतिष परिषदका केन्द्रिय प्रचार सचिव घनश्याम चापागाई, ज्योतिष परिषद प्रदेश नं १ का अध्यक्ष विश्वप्रकाश लामिछाने, महासचिव नगेन्द्र प्रसाद रोईला लगायतले नयाँ कार्यसमितिलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका छन् ।