संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

Advertisement

थुम्बेदिन डुम्रिसे सडक खण्डमा राती १० बजे वालुवा बोकेर जाँदै गरेको प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिपर घुम्ति मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको हो । दुर्घटनामा परी टिपरका सहचालक लमजुङ दोर्दी ६ किर्ती गाँउका १८ बर्षीय कृष्ण बिकको मृत्यु भएको हो ।

दुर्घटनामा सहचालक विकसहित चालक सिन्धुली कमलमाई ४ का २४ बर्षीय याम कुमार बिक र ताप्लेजुङको पाथिभरा याङबरक २ थेचम्बुका २० बर्षीय मन्दिप लिम्बु घाइते भएका थिए । उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याउँने क्रममा राती करिब ११ बजे सहचालक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई घाइतेको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!