धनकुटा । धनकुटा बजारमा शनिवार सरसफाई कार्यक्रम गरिएको छ । बागमती सफाइ महाअभियानको प्रेरणाबाट शुरु भएको ‘मेची महाकाली सफाइ अभियान’ अन्तर्गत धनकुटामा पनि सरसफाई गरिएको हो ।
देशका करिब ५० भन्दावढी स्थानमा सफाइ अभियान सञ्चालन भइसकेको छ । सोही अभियान अन्तर्गत धनकुटाको निशान मन्दिर छेउ तथा परिचय मोड आसपास क्षेत्रमा सरसफाई गरिएको सफाइ अभियानका स्थानीय संयोजक सुवास खनालले जानकारी दिए ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र खनाल, सरसफाई अभियन्ता सरोज कोइरालासहित स्थानीय युवा, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत सरसफाई अभियानमा खटिएका थिए ।