- संगालोखबर सम्वाददाता

धनकुटा । रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटा ‘वेष्ट स्टेशन अफ द इयर’ बनेको छ । रेडियो नेपालको ७१ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय सिंहदरवार आज आयोजित कार्यक्रममा धनकुटा प्रशारण केन्द्रलाई उत्कृष्ट प्रशारण केन्द्रको रुपमा सम्मान गरिएको हो । सात वटै प्रदेशका प्रादेशिक प्रशारण केन्द्र मध्ये उत्कृष्ठ कार्य गरेको भन्दै प्रादेशिक प्रशारण केन्द्र धनकुटाका कार्यालय प्रमुख तिलकराम चौधरीलाई सम्मान प्रदान गरिएको छ ।

Advertisement

यस्तै, रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटामा कार्यरत कार्यक्रम अधिकृत नयराज नेपाल बर्ष २०७७ को उत्कृष्ट कर्मचारी घोषित भएका छन् । सञ्चार तथा कार्यक्रम सेवामा रहेर महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यक्रम अधिकृत नेपाललाई नगद २५ हजार र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरियो । रेडियो नेपालमा २५ वर्ष स्थायी सेवा गरी प्रशंसनीय योगदान पुर्याएवापत दीर्घ सेवा कदर गर्दै कार्यक्रम अधिकृत नेपाललाई स्वर्णपदकसहित प्रशंसा पत्र पनि प्रदान गरिएको छ । २५ बर्ष सेवा गर्ने अन्य कर्मचारीलाई पनि दीर्घ सेवा पदक प्रदान गरियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, रेडियो प्रशार सेवा विकास समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि वस्याल, रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवहादुर केसी लगायतले उनीहरुलाई सम्मानित गरे । रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखराका प्राविधिक अधिकृत जगदिश शर्मा, रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरवारमा कार्यरत कार्यालय सहयोगी गोकर्णप्रसाद ढकाल र बाके जिल्ला सम्वाददाता नविन गिरीलाई पनि नगदसहित सम्मान गरिएको छ ।

धनकुटामा शुभकामना आदान-प्रदान

यसैबीच, रेडियो नेपालको ७१ औं वार्षिकोत्सव तथा प्रादेशिक प्रशारण कार्यालय धनकुटाको २८ औं वार्षिकोत्सवको अवसरमा धनकुटामा शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको छ ।

प्रादेशिक प्रशारण कार्यालयका निमित्त प्रमुख तिलविक्रम चोम्जोङ लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष इश्वर थापा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!