विराटनगर । मोरङ र झापाका छुट्टा छुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–४ का २३ बर्षीय सुमन धिमाल र सुनसरीको ईटहरी–२ का २५ बर्षीय अमृत मग्रांती छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–५ झिम्की चौकबाट धिमाललाई पक्राउ गरेको हो । उनको साथबाट फेनारगन २० एम्पुल, डाईजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल फेला परेको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर–१६ दरैयाबाट मग्रांतीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।