ओखलढुङ्गा । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बर्षासँगै चट्याङ पर्दा लागेर खिजिदेम्बा–६ की ५८ बर्षीया पासाङ शेर्पाको मृत्यु भएको हो ।
मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा शेर्पालाई चट्याङले लागेको हो । चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।