संगालोखबर सम्वाददाता

धरान । सुनसरीको धरानबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ गणतन्त्र चौकका ३० बर्षीय दुर्गा बहादुर राई छन् ।

Advertisement

राईको घरमा प्रहरीले खानतलासी गर्दा उनी बस्ने कोठाको टेवुलमा निलो, हरियो कम्मरमा भिर्ने झोलाभित्र लुकाई राखेको अवस्थामा एभिल–६ एम्पुल, डाएजेल्याव–६ एम्पुल र लुपिगेसिक–६ एम्पुल र ५ एमएल दरका सिरिन्ज ५ थान फेला पारेको हो ।

पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!