संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ मा आज यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस दोभान रिसोर्ट नजिक दुर्घटना भएको हो ।

Advertisement

गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

बस सडकबाट बीस मिटर तल खसेको संखुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!