- संगालोखबर सम्बाददाता

धनकुटा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो बर्ष धनकुटाको छथर जोरपाटी गाउँपालिकाका करिव २ सय जनाले रोजगारी पाएका छन् । रोजगारका लागि परेको ५१८ आवेदन मध्ये बिपन्न, दलित तथा पछि परेको समुदायका १ सय ९१ जनाले १ सय दिनको रोजगारी पाएका हुन् ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत १३ वटा योजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत १४ वटा आयोजनामा स्थानीयबासीले रोजगारी पाएका छन् । दुबै आयोजना अन्तर्गत बाटो सोलिङ्ग र पहिरो नियन्त्रणका क्षेत्रमा काम भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका छथर जोरपाटी गाउँपालिका संयोजक सुशिला कार्कीले जानकारी दिइन् । कामका लागि पारिश्रमिक शीर्षकमा ४७ लाख ४ हजार ७ सय र यूवा रोजगारीका लागि ५१ लाख ७० हजार गरी कुल ९८ लाख ७४ हजार ७ सय रुपैयाँ पालिकाका नागरिकहरुले पाउँनेछन् ।

२०७५ सालबाट प्राथमिकताका आधारमा छनौटमा परेका ब्यक्तिहरुले प्रति व्यक्ति दैनिक ५१७ रुपैयाँका दरले १ सय दिनको रोजगारी पाउँदै आएका छन् । आयोजनाबाट ३ बर्षको अवधिमा हालसम्म ३४५ जनाले रोजगारी पाएको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!