- संगालोखबर सम्वाददाता

धनकुटा, १२ भदौ । मुटु रोगबाट पीडित धनकुटामा क्रियासिल अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि धनकुटाका पत्रकारहरुले आर्थिक सहयोग गरेका छन । सोमबार साझा सञ्चार नेपालले उपचारका लागि ५ हजार ५ सय नगद प्रदान गरेको छ ।

साझा सञ्चारका अध्यक्ष भेषराज कटेलले पत्रकार महासंघका सचिव विदुर खवासलाई रकम हस्तान्तरण गरेका हुन । अग्रज पत्रकार राईको उपचारका लागि धनकुटाका पत्रकारहरुले स्वतस्र्फुत रुपमा आर्थिक संकलन गरिरहेका छन ।

Advertisement
साझा सञ्चारका अध्यक्ष कटेलले महासंघका सचिव खवासलाई सहयोग रकम हस्तान्तरण गर्दै । तस्वीर: रबिन कटेल/संगालोखबर

पत्रकारहरुबाट हालसम्म करिव ५० हजार रकम संकलन भएको पत्रकार महासंघका सचिव खवासले जानकारी दिए । राईको उपचारका लागि पत्रकार महासंघ धनकुटाद्धारा सञ्चालित पत्रकार कल्याणकारी कोषबाट २५ हजार प्रदान गरिने भएको छ ।

काठमाण्डौ स्थित गंगालाल अस्पतालमा यही भदौ १८ गते पत्रकार राईको मुटुको सल्यक्रिया गरिने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!